देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु कुहिरो

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

Navadurga sun

आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने राति पनि हल्का वर्षा र हिमपातको सम्भावना छ।

तराईमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...