प्रहरी नायव निरीक्षक समुन्द्र केशर पन्त महिनाकै सर्वोत्कृष्ट प्रहरी घोषित

अत्तरिया, १६ असाेज– जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी नायव निरीक्षक समुन्द्र केशर पन्त भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। सुदूरपश्चिम प्रदेश बिपद व्यवस्थापन कार्यदल महेन्द्रनगर, कञ्चनपुर दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मातहत कारागार सुरक्षा गार्ड कैलालीमा कार्यरत प्रहरी नायव निरीक्षक पन्त भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन ।

कारागारको सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाई आफूलाई तोकिएको जिम्मेवारी पूर्ण ईमान्दारी, बफादारी एवं कर्तव्य निष्ठताका साथ प्रशंसनीय एवं अनुकरणीय तवरले सम्पादन गरी प्रहरी संगठनको छविलाई उच्च पार्न उल्लेखनीय योगदान गरेकाले पन्तलाई भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

Navadurga sun

साथै प्रहरी नायव निरीक्षक पन्तले कारागार प्रशासन र आन्तरिक प्रशासन सँग समन्वय गरी कारागारमा रहेका कैदीबन्दीहरुको गुनासोको बारेमा सुनुवाइ गर्न कारागारको तिन वटै ब्लकमा सार्वजनिक सुनवाइ कार्यक्रम आयोजना गरी उक्त गुनासाहरूको उचित समाधान तथा व्यवस्थापनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए ।

यस्तै कारागारको सम्बेदनशिलतालाई मध्यनजर राख्दै कैदीबन्दीहरुको भेटघाटलाई पनि प्रहरी नायव निरीक्षक पन्तले सहज र व्यवस्थित बनाएको कैलाली प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...