मापदण्ड तोक्यो जिल्ला प्रशासनले भारत बाट नेपाल प्रवेश गर्नेहरुका लागि

अत्तरिया, १५ असोज– नेपालीहरुको महानचार्ड दशै तिहार नजिकिदै जादाँ रोजगारीका लागि भारतमा रहेकाहरु आफ्नो जन्मथलो फर्किन थालेका छन्।अहिले सिमा नाकाहरुमा नेपालीहरुको लर्को नै लाग्ने गरेको छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा भित्रिनेहरुका लागि बिभिन्न मापदण्डहरु तोकेको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै कैलालीको त्रिनगर र टीकापुर नगरपालिकाको खक्रौला नाकाबाट आउन दिने र यसका लागि आवश्यक मापदण्डहरु तोकेको हो ।

Navadurga sun

कैलाली भित्रिरहेका कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिए एन्टिजेन परीक्षण गरी नेगेटिभ आए मात्र नेपाल प्रवेश गर्न दिइने छ ।

यसैगरि विदेशबाट नेपाल आगमन हुने, नेपाल प्रस्थान गर्नेहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८ बमोजिम हुने प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

भारतीय नागरिकको हकमा नेपाल प्रवेश गर्दा ७२ घण्टा भित्र आरटी पीसीआरबाट कोरोना परीक्षण गरिएको नेगेटिभ रिपोर्टसहित अनलाइन फाराम भर्नु पर्ने जनाइएको छ ।

कोरोना नेगेटिभ रिपोर्ट आएमामात्रै प्रवेश गर्न दिइने जनाइएको छ । कोरोनाका जोखिमलाइै मध्यनजर गर्दै सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले हेल्प डेस्क स्थापना गरेर प्रवेशमा सहजीकरण गर्नु पर्ने प्रशासनले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...