भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान बिरुद्धमा काँग्रेस निकट संघले अदालत जाने




कञ्चनपुर, १४ असाेज– कञ्चनपुरको भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलान बिरुद्धमा काँग्रेस निकट नेपाल शिक्षक संघले अदालत जाने भएको छ । दरबन्दी मिलान गरेका शिक्षकलाई सरुवा पत्र, हाजिरी लगाउन थालेपछि शिक्षक संघले त्यसको बिरोध गर्दै न्यायका लागि अदालत जाने भएको हो ।



नगरपालिकाले ३१ असार र १ साउन ०७८ मा गरेका शिक्षक सरुवामा आफन्तलाई राखेको भन्दै शिक्षक संघले कार्यबिधी मिचेर दरबन्दी मिलान गरेको आरोप लगाएका हुन् ।


शिक्षक दरबन्दी मिलानमा असमती जनाउँदै निरन्तर आन्दोलनमा रहेको शिक्षक संघको गत ४ भदौँमा भएको आन्दोलनपछि प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेको सरोबरमा भीमदत्त नगरका कर्मचारी, जनप्रतिनिधी र आन्दोलनरत पक्ष शिक्षक विच शिक्षक दरबन्दी मिलान सम्बन्धीका कुनै पनि निर्णय कार्यान्वयन नगराउने, यथास्थितिमा शिक्षक सरुवा पत्र वितरण गर्ने र विद्यालयमा शिक्षक हाजिरी गराउने कार्य रोक्ने, आन्दोलन स्थगित गर्ने सहमती भएपनि सो कार्य उलङघन भएको भन्दै शिक्षक संघले फेरी आन्दोलनको चेतावनी दिएको छ । शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिह धामीले शिक्षक सरुवामा छानिछानी आफ्ना मान्छेहरुलाई कार्यबिधी मिचेर गरिएको सरुवामा आपत्ति रहेको बताएका छन् ।



