पावर टिलर दुर्घटना हुँदा एक महिलाको मृत्यु

अत्तरिया, १४ असाेज- कैलालीमा पावर टिलर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर १ बडरियाको भित्रि सडकखण्डमा भजनीबाट आउने क्रममा पावर टिलर दुर्घटना हुँदा महिलाको मृत्यु भएको हो।

बडरियाकै अन्दाजी ४८ वर्षीय राजकुमार डगौराले चलाएको पावर टिलर अनियन्त्रित भई पल्टिँदा उनकी श्रीमती अन्दाजी ४६ वर्षीया कौशीला देवी चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...