

कञ्चनपुर- कुटपिट मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन् ।



जिल्ला अदालत कञ्चनपुरको मिति २०८० कात्तिक १६ गतेको फैसलाले कुटपिट मुद्दामा ६ महिना कैद सजाय तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका–१४ मझगाँउ बस्ने २४ वर्षीय अजय भण्डारी पक्राउ परेका हुन् ।


भण्डारीलाई अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको जनाएको छ ।