धनगढी- बाजुराका एक पुरुष चरेशसहित कैलालीबाट पक्राउ परेका छन् ।




इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले बाजुराको स्वामिकार्तिक गाउँपालिका–२ घर भइ हाल कैलालीको लम्कीचुहा नगरपालिका–१ थपालीपुर बस्ने ५७ वर्षीय शंकर हमाललाइ चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।


हमाललाई थपालीपुरको भित्री सडकखण्डमा पैदल हिडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उनको साथबाट १८ ग्राम ६ मिलिग्राम चरेश फेला पारि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्की, कैलालीले जनाएको छ ।




