अत्तरियाबाट साढे सात किलो चरेससहित चार जना पक्राउ

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित अत्तरियाबाट चरेससहित चार जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले शुक्रबार राती विशेष सूचनाको आधारमा चेकजाँच गर्दा नमस्ते अन्नपूर्ण होटेल अत्तरियाबाट चार जनालाई पक्राउ गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

पक्राउ पर्नेहरूमा बझाङको छबिसपाथिभेरा- ७ बस्ने २८ वर्षीय बम बहादुर धामी, छबिसपाथिभेरा- ५ बस्ने ४२ वर्षीय जनक जाग्री, सुर्मा- ३ बस्ने २५ वर्षीय अमृत बोहरा र दार्चुलाको महाकाली २ बस्ने ५० वर्षीय रूप सिंह सितोली रहेका छन् ।

पक्राउ परेका उनीहरूको साथबाट एक थान डिजिटलतराजु सहित साढे सात किलो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Loading...