दार्चुला- दार्चुलामा झन्डै दुई किलो चरेससहित एक जना पक्राउ परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–६ रैचु बस्ने ४७ वर्षीय मान सिंह धामी चरेससहित पक्राउ परेका हुन् ।



इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले गोकुलेश्वर धुलिगडा सडक खण्डमा धामीलाई चेकजाँच गर्दा उनको साथबाट १ के.जि. ९७५ ग्राम चरेस र १ थान डिजिटल तराजु फेला पारि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





