विश्व रेबिज विरुद्धको दिवसकाे अवसर पारी गोदावरीमा ७७ वटा कुकुरलाई खोप लगाइयो

अत्तरिया, १२ असाेज– आज १५ औं विश्व रेबिज विरुद्धको दिवस देशभर विबिध कार्यक्रम गरी मनाईएको छ । ‘रेबिज : तथ्य बुझौँ, त्रसित नबनौँ’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाईएको हो ।

Dadeldhura hospital

यसै दिवसकाे अवसर पारी गोदावरी नगरपालिकाले नि:शुल्क रुपमा रेबिज विरुद्ध खोप लगाउदै दिवस मनाएको छ । गोदावरी नगरपालिका पशु सेवा शाखाको आयोजनामा गोदावरी नगरपालिका वडा नं ३ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरि यस क्षेत्रका ७७ वटा घरपालुवा तथा सामुदायिक छाडा कुकुरहरुलाई नि:शुल्क रुपमा रेबिज बिरुद्धको खोप लगाएको हो । ६५ जना स्थानिय सेवाग्राहीका ६८ वटा कुकुरलाई नि:शुल्क खोप लगाइएको पशु सेवा शाखाका पशु सेवा प्राबिधिक टेक बहादुर शाहुले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

त्यस्तै बजार क्षेत्रमा भेटिएका ९ वटा सामुदायिक छाडा कुकुरहरुलाई समेत खोप लगाइएको उनले बताए । वडा नं ३ का वडा अध्यक्ष मोहन बहादुर खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा पशु सेवा शाखा पशु सेवा प्राबिधिकहरुको सहभागिता रहेको थियो ।

Loading...