गाेदावरी नगरपालिका भित्र रहेका ८ वटा क्लवहरुलाई खेलकुदका सामाग्रीहरु सहयोग

अत्तरिया, १२ असाेज– सुदूरपश्चि प्रदेश विश्व हिन्दु युवा संघका सदस्य मनिष खरेलले गोदावरी नगरपालिका भित्र रहेको क्लबहरुलाई खेलकुदका सामाग्रीहरु सहयोग गरेका छन् । उनले नगरपालिका भित्र रहेका बिभिन्न ८ वटा क्लबहरुलाई खेलकुदका सामाग्रीहरु सहयोग गरेका हुन् ।

सामाजिक कार्यमा अग्रसर रहेका उनले आज एक अनौपचारिक कार्यक्रमका बिच गोदावरी नगरपालिका वडा नं २ का २ क्लब , वडा नं ३ मा रहेका ४ क्लब र वडा नं १० मा रहेका २ क्लबलाई फुटबल र भलिबल सहयोग गरेका हुन् । जसमा वडा नं २ को वनदेवी युवा क्लब र गौरीशंकर क्लब रहेको छ भने वडा नं ३ मा रहेको न्यू मालिका युवा क्लब , माउण्ट एभरेष्ट युवा क्लब , माउण्ट युवा क्लब र रोयल युवा क्लब रहेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यस्तै वडा नं १० का न्यू प्रभात युवा क्लब र आर्दश युवा क्लबलाई फुलबल र भलिबल सहयोग गरिएको हो । उनले खेलकुद गतिबिधिमा सक्रिय रहेका क्लबलाई छनौट गर्दै क्लबमा आबद्ध रहेका खेलाडीलाई केही राहत होस भन्ने उद्देश्यका साथ उक्त खेलकुदका सामाग्रीहरु सहयोग गरेको बताए ।

उनले स्वास्थ्यका लागि खेलकुद राष्टका लागि खेलकुद भन्ने उध्ेश्यका साथ खेलकुदका सामाग्रीहरु नहुदाँ पनि कतिपय खेलप्रेमी युवाहरु अन्यत्र लाग्नुपर्ने बाध्यता रहेको अन्त्य गरि सबैले खेलकुदका गतिबिधिमा सहभागि भै आफ्नो स्वास्थ्य र राष्ट्रका लागि खेल खेल्न सकुन भन्दै खेलकुदका सामाग्रीहरु दिन पाउदाँ निकै खुसी भएको बताए । मैले दिएको एउटा फुटबलवाट २२ जना र एक भलिबलवाट १२ जना जोडिएर खेल खेल्न सक्छन् , यि सबै लगाएर २ सय ५० जना युवाहरु खेलकुदमा जोडिन्छन् उनले भने यसले गर्दा ति युवाहरु अन्य क्षेत्रमा जानवाट जोगिन्छन् ।

राष्ट्रिय सरोकार मञ्च कैलालीका उपाध्यक्ष समेत रहेका उनले कैलाली जिल्ला भारतसंगको खुल्ला सिमाना भएको जिल्ला पनि भएकाले यहाँका युवाहरु थुप्रै कुलतमा फस्ने बढ्दो जोखिमलाई न्यूनिकरण गर्नका लागि पनि आफुले खेलकुदका सामाग्रीहरु सहयोग गरेको बताए । राजनितिले मौलाएको समाजमा युवाहरुलाई सही बाटोमा डोञ्याउन खेलकुदका गतिबिधिहरुलाई चलायमान बनाइराख्नका लागि यस्ता खाले सहयोगले युवाहरुलाई धेरै राहत हुने उनले विश्वास ब्यक्त गरे ।

उनले गोदावरी भित्र रहेका सबै क्लबहरुलाई दिन नसकेपनि आगमी दिनहरुमा आफुले यस्ता खाले सहयोगहरु गर्दै जाने बताए । आफुहरुका पिडालाई बुझेर खेलकुदका सामाग्रीहरु उपलब्ध गराएको भन्दै क्लबका पदाधिकारीहरुले खरेललाई धन्यवाद दिएका थिए ।

Loading...