सेती अस्पताल आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि




अत्तरिया, १२ असाेज- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।


अस्पतालले आज जारी गरेको सुचनामा उल्लेख भए अनुसार हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।




