खैरो हेरोइनसहित ३ जना पक्राउ

धनगढी- कैलालीको धनगढी र टीकापुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–८ नालापानी नजिकबाट सोही ठाउँको भद्र टोल बस्ने ४५ वर्षीय सुरज चौधरीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो। चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ४० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट मनेहरा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

Navadurga sun

यसैगरी टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिक सडक खण्डबाट टीकापुर नगरपालिका–१ ब्लक नम्बर १७ बस्ने २३ वर्षीय खगेन्द्र साउद र टीकापुर नगरपालिका–५ नुक्लिपुर बस्ने २६ वर्षीय दिपक बिष्टलाई ५६० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बिहीवार पक्राउ परेका यी तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...