हेल्प फर हेप्पीनेस सातौँ वर्षमा प्रवेश, विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

धनगढी, ११ असोज– सामाजिक कार्य गर्दै आएको हेल्प फर हेप्पीनेस नामक संस्था सातौँ वर्षमा प्रवेश गरेको छ । २०७२ सालमा पर्वतका युवा नवीन तिवारीको अगुवाईमा स्थापना गरिएको संस्था सोमबारदेखि ६ वर्ष पूरा गर्दै सातौँ वर्षमा प्रवेश गरेको हो ।

संस्थाको छैठौँ वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सहित अन्य प्रदेशमा समेत विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । हेल्प फर हेप्पीनेस सुदूरपश्चिम प्रदेश कमिटिको आयोजनामा वार्षिकोत्सवको अवसरमा धनगढीमा विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरिएको छ ।

Navadurga sun

धनगढी उपमहानगरपालिका वडा नं. ५ तारानगरमा रहेको आमाको माया छात्रबासमा विशेष कार्यक्रमको आयोजना गर्दै त्यहाँ आश्रीत विद्यार्थीहरुलाई न्याजो कपडा र शैक्षिक सामग्री सहयोग गर्नुका साथै निःशुल्क आँखा परीक्षण पनि गरिएको छ । हेल्प फर हेप्पीनेस मेडिकल टीमका संयोजक दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशीको समूहले विद्यार्थीहरुको आँखा परीक्षण गरेको हो भने कापी, कलम लगायतका शैक्षिक सामग्री र न्यानो कपडा हस्तान्तरण गरिएको हो । सो अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले सबै पक्षको साथ, सहयोगले अनेकन चुनौतीपार गर्दै ६ वर्षे यात्रा पूरा गर्न सफल भएको बताए ।

भण्डारीले संस्थाले विभिन्न समस्यामा परेका नागरिकको उद्दार गर्ने, आपतकालीन रक्तदान गर्ने, मौलिक तथा सांस्कृतिक महत्व बोकेका चाडपर्वमा विशेष कार्यक्रमको अयोजना गरेर खुसी नपुगेको ठाउँमा खुसी पुगाउने, विपन्न तथा असहायलाई आर्थिक सहयोग गर्ने, लैङ्गीक हिंसामा परेका महिलातथाबाल यौन दुराचारको शिकार भएका बालबालिकाको उद्दार, छाडा पशु चौपायाको औषधोपचार गर्ने जस्ता कार्य गत वर्ष पनि गरेको जनाए ।

उनका अनुसार हेल्प फर हेप्पीनेसले गतवर्ष विभिन्न रोगका कारण रगत अभाव भएका ४८ बिरामीका लागि ८२ पिन्ट रगत आकस्मिक रुपमा दान गरेको छ । कोरोना महामारीका बेला निःशुल्क एम्बुलेन्स सेवा, लैङ्गिक हिंसा सम्बन्धि जनचेतना मुलक कार्यक्रम, सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष जन चेतना मुलक सन्देश प्रवाहपनि गरिएको थियो ।

अगामी वर्षमा पनि यस्ता किसिमका कार्यलाई निरन्तरता दिदै थप केही नयाँ र परस्कृत ढंगले संस्थालाई अगाडि बढाउने प्रतिबद्धता समेत उनले जनाए । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी आमाको माया छात्रबासकी अध्यक्ष शारदा शाहले हेल्प फर हेप्पीनेसले सामाजिक क्षेत्रमा पुगाएको योगदानको प्रशंसा गरिन् । शाहले संस्थाले आमाको माया छात्रबासका विद्यार्थीलाई पनि स्थापना कालदेखि नै सहयोग गर्दै आएको बताउँदै अगामी यात्राको शुभकामना समेत दिइन् ।

वर्षभरीमाउत्कृष्ट कार्य गर्ने दुई जनालाई सम्मान

वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पीनेसले वर्ष भरीमा उत्कृष्ट कार्य गर्ने दुई जनालाई सम्मान गरेको छ । मेडिकल टीमका संयोजक डाक्टर युुवराज जोशी र आपतकालीन असहाय कोषकी संयोजक प्रिंयका अग्रवाललाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो । संस्थाले आन्तरिक मूल्याङ्कनका आधारमा उनीहरुलाई वर्षभरीकै सर्वोत्कृष्ट सदस्यका रुपमा छनोट गरेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...