धनगढीका सामुदायिक कुकुरको बन्ध्याकरण गरिदै




धनगढी,११ असोज- धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र रहेका घर पालुवा र छाडा कुकुर लक्षित सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज रोग विरुद्धको निशुल्क खोप शिबिर कार्यक्रम संचालन गरेको छ ।



असोज ९ गतेदेखि १२ गतेसम्म संचालन हुने उक्त शिबिरमा अहिलेसम्म १ सय ५१ ओटा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको धनगढी उपमहानगरपालिका पशुसेवा शाखा प्रमुख डाक्टर समीर ठाकुरले बताए। उनले १ सय ४३ कुकुरको बन्ध्याकरण गरिएको जानकारी दिए ।


धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले उपमहानगरपालिका भित्रका कुकुर पालकहरुलाई शिबिरमा आई रेबिज विरुद्धको खोप लाउन आग्रह गरे ।केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौको सहयोगमा शिबिरको आयोजना गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।



