कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ नलका घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख २५ हजार बराबरको सामान बरामद गरिएको छ । कैलालीबाट भन्सार छलीका सुटपिस, मखमल साडी लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । 

Navadurga sun

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–५ शान्तीनिकेतन नजिक, बेलौरी नगरपालिका–१० भुडा सडकघाट र दोधारा चाँदनी नगरपालिका–६ पुरानो बस्ती नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९५ हजार १३० बराबरको सामान बरामद गरिएको छ।

कञ्चनपुरबाट भन्सार छलीका चिनी, खानेतेल, सुर्ती, प्लाष्टिक कुर्सी, ट्याक्टरको वेरिङ, जालि, किला लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा मंगलवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...