नवजिवन अस्पतालको स्पष्टीकार : सुत्केरीको ज्यान चकित्सिकको लापरबाहीले गएको होइन (बिज्ञप्ती सहित)

धनगढी, १० असाेज- कैलालीकाे धनगढीमा रहेको नवजीवन अस्पतालले उपचारको क्रममा सुत्केरीको ज्यान गएको विषयमा चिकित्सकहरूले कुनै लापरबाही नगरेको भन्दै स्पष्टिकरण दिएको छन। शनिबार अस्पताल भर्ना भएकी डोटीको शिखर नगरपालिका वडा नं. ६ कि २६ बर्षीया कल्पना सिंह मल्लको उपचारको क्रममा आइतबार मृत्यु भएको थियो।

Ganyapdhura gau

उनको मृत्युपछि अस्पताले एक विज्ञप्ति जारी गर्दै अस्पतालका विज्ञ टोलीले रात दिन नभनी उपचार गर्दा समेत विरामीलाई बचाउन नसकेको प्रति दुःख व्यक्त गरेको छ। ३९ हप्ताको गर्भवती समेत रहेकी मल्ल सो अस्पताललमा नियमित चेकजाँच गराइरहेकी थिइन् अस्पतालले विज्ञप्तिमा भनेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

विज्ञप्तिमा भनिएको छ, ‘असोज ९ गते बिहान १० बजे पेट दुखेर आएको विशेषज्ञ डाक्टरले जाँच गर्दा पाठेघरको मुख नरम मात्र भई एक घरमा खुलेको र त्यस पछि औषधि दिइर बाटो खुलाउने प्रयास गर्दा राती ११ बजेर ४५ बजेतिर बच्चा आउने बाटो पुरै खुलिसकेको तर आमाको बच्चा जन्माउने बल नपुगेको जनाएको छ। ’

यस्तै बच्चा जन्माउने बल नपुगे पछि भ्याकुम प्रयोग गरी डेलिभरी गराएको जनाएको छ। पछि बिरामीको अत्याधिक रक्तश्राव समेत बढेको अस्पतालले विज्ञप्तीमा भनेको छ।

अस्पतालले तत्कालै २ पिन्ट रगत चढाए उपचारका लागि आइसियू र लगत्तै भेन्टिलेरमा राखेर समेत उपचार गरेको जनाएको छ। तर उनका आफन्तले डाक्टरको लापरबाहीकै कारण कल्पनाको मृत्यु भएको भन्दै आइतबार बिहान अस्पतालमा तनाव सिर्जना समेत गरेका थिए। कल्पनाले जन्म दिएको बच्चालाई भने एनआईसीयूमा राखिएको छ।

 

Couple
Loading...