‘सङ्घर्ष समिति’ अब ‘समन्वय तथा सरोकार समिति’

अत्तरिया- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिको नाम परिवर्तन गरेर ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समन्वयन तथा सरोकार समिति’ राख्ने निर्णय गरिएको छ ।

बुधबार प्रतिभा सामुदायिक पुस्तकालयमा बसेको सङ्घर्ष समितिको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिको नाम परिवर्तन गरेर ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समन्वय तथा सरोकार समिति’ राख्ने निर्णय गरिएको समितिका सचिव धर्मसिंह कुँवरले बताए ।

Navadurga sun

उनले आगामी दिनमा उपकुलपति र रजिष्टार नियुक्तिमा राजनीति भागबन्डा नगरी योग्य व्यक्ति छनोट गर्न र चाँडो ६ सय शय्याको अस्पताल र एमबिबिएस पढाई सुरु गर्न माग गर्दै बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...