चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै धनगढीको नवजीवन अस्पतालमा तनाव





अत्तरिया, १० असाेज– चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै धनगढीको नवजीवन अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आइतबार बिहानै देखि अस्पतालमा तनाव सिर्जना भएको हो ।



डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो । शनिबार राति सुुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।


उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन् ।
अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु अस्पतालले जनाएको छ । कल्पनाले जन्म दिएको बच्चालाई भने एनआईसीयूमा राखेको छ । पीडित पक्षबाट हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएका प्रहरीले जनाएको छ



