कांग्रेस महाधिवेशन : नाति र हजुरबुबाबीच नै जुटेन सहमती, ८ मतले नाति निर्वाचित




अत्तरिया, ९ असाेज– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको पालिका तहको निर्वाचनमा नाति र हजुरबुबाबीच नै सहमती नजुटेपछि निर्वाचन भएको छ ।


कञ्चनपुर बेलडाँडी गाउँपालिका हजुरबुबा सभापति पदका लागि हजुरबुवा पृतबहादुर विष्ट र नाति गजबहादुर विष्टबीच सहमति जुट्न सकेन् सहमति जुट्न नसकपछि भएको निर्वाचनमा नातिले हजुरबुबालाई आठ मतले पराजित गरेको हो ।



हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका छन् । ३७ वर्षीय गजबहादुरले कुल मतदान भएको ८५ मध्ये ४५ मत पाएका हुन् । पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याए । जसमा तीन मत बदर भए ।
गाउँपालिका कार्यसमितिको सभापतिमा विजयी गजबहादुरले पृतबहादुर १३ दिने जुठो लाग्ने हजुरबुवा भएको जानकारी दिए । बेलडाँडी गाउँपालिकामा टीकासिंह खड्का ४३ मत र ठगना राना ४० मतका साथ उपसभापतिमा निर्वाचित भएका छ । उपसभापतिका अन्य प्रत्यासी पूर्णानन्द भट्ट र डम्बरलाल राना (दयालु) ले क्रमशः ३६ र ३१ मत ल्याए ।
यस्तै सचिवमा विजयी धनबहादुर रोकायाले ४२ मत पाए । अर्का विजयी सचिव कुलैराज उपाध्याय गोलाप्रथाद्वारा विजयी भएका छन । उनले र गोला प्रथामा पराजित सचिव पदका उम्मेदवार सचिन कठायतले समान ३८ मत पाएका थिए । अर्का प्रत्यासी रमेश चनाराले ३१ मत ल्याए । बेलडाँडी गाउँपालिका कार्यसमितिको सहसचिवमा विजयी देशुराम चौधरीले ३८ र नरेशसिंह धामीले ३७ मत ल्याए । उनका प्रतिद्वन्द्वी बसन्त रोकायाले ३४ र भुवनेश्वर पण्डितले ३१ मतमा चित्त बुझाएका छन् ।



