प्राविधिक शिक्षा र सीप विकासका लागि मुक्तकमलरीको तथ्याङक मुख्यमन्त्रीलाई ज्ञापनपत्र





धनगढी, ७ असोज- मुक्तकमलरी विकास मञ्चले प्राविधिक शिक्षा र सीप विकासका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको छ । मञ्चका कैलाली जिल्ला र कञ्चनपुर जिल्लाले प्राविधिक शिक्षा र सीप विकासका लागि आ-आप्mनो तथ्याङक संकलन गरी विहीबार मुख्यमन्त्रीलाई मुक्तकमलरीका विवरण बुझाए थिए ।


मञ्चका कैलाली जिल्ला अध्यक्ष विन्द्रा चौधरीले प्राविधिक शिक्षा र सीप विकासका लागि १४ सय ७४ जना मुक्तकमलरीहरुको नामवाली संकलन गरी मुख्यमन्त्री भट्टलाई बुझाएका थिए । कैलाली जिल्लामा ४ हजार भन्दा बढी मुक्तकमलरी रहेकोमा सरकारी परिचयपत्र मात्र पाएको संख्या २५ सय रहेको अध्यक्षले बताए ।


एक हप्ता अगाडी मुक्तकमलरीको समस्या र विगतमा सरकारसंग भएको सहमतिबारे जानकारी दिन मुख्यमन्त्री भट्ट र प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनिता चौधरीलाई ज्ञापन पनि बुझाएका थिए । सोही क्रममा एक हप्ताभित्र मुक्तकमलरी विकास मञ्च कैलाली, कञ्चनपुरसँग प्राविधिक शिक्षा र सीप विकासका लागि मुक्तकमलरीका विवरण माग गरिएको थियो ।

मञ्चका कैलाली जिल्ला अध्यक्ष विन्द्राले भने, तथ्याङक संकलन गरी बुझाउन हामीलाई एक हप्ताको समय दिएको थियो, समय थोरै भएकोले अरु मुक्तकमलरीहरुको नाम छुटेको छ । हामीले चाडै संकलन गरेर बुझाउछौ ।
त्यसै गरी मञ्चका कञ्चनपुर जिल्ला अध्यक्ष सिता चौधरीले प्राविधिक शिक्षा र सीप विकासका लागि ३ सय ७२ जनाको नामावली बुझाएका छन। उहाँले पनि जिल्लामा अरु मुक्तकमलरीको नामावली छुट भएको र बाँकीको नामावली र विवरण चाँडै बुझाउने बताए । सोही अवसरमा कैलाली कञ्चनपुरमा मञ्चका आफनै भवन नहुदा समस्या भएको बताउदै मुख्यमन्त्रीसंग सोको व्यवस्था गरिदिन माग गरिएको थियो ।
मञ्चका केन्द्रीय सदस्य शान्ति चौधरी सरकारले मुक्तकमलरीलाई मुक्ती घोषणा गर्दा १० बुँदे सम्झौता गरेको सोको कार्यान्वयन नगरेको बताए। उहाँले भने सरकारले मुक्तकमैया, मुक्तहलियाको तथ्याङक संकलन गरेको तर मुक्तकमलरीको तथ्याङक संचालन नगरी परिचयपत्र वितरण गर्दा धेरै मुक्तकमलरी सरकारी परिचयपत्रबाट बन्चित भएको बताए ।
ज्ञापनपत्र बुझदै मुख्यमन्त्री भट्टले मुक्त कमलरीको समस्या समाधन गर्न आफु सक्दो सहयोग गर्ने बताए । मुख्यमन्त्रीले भने प्रदेशबाट हुने समस्या समाधन प्रदेश सरकारबाट गर्ने प्रयास गर्छौ, केन्द्रबाट हुने समस्या समाधान केन्द्रलाई सिफारिस गरी दवाद दिन्छौ ।
मुक्तकमलरी विकास मञ्चको लागि भवन निर्माणको व्यवस्था गर्न सकिने तर जग्गा आफै खोज्नु पर्ने उहाँले भने । मुक्तकमलरीहरुले संचालन गरेको सहकारीलाई सहयोग गर्न सकिने बताउदै सहकारीको विवरण पनि उहाँ माग गरेका छन ।



