सभापति देउवाको गृहजिल्लामा कांग्रेस कार्यकर्ता रिले अनशनमा

अत्तरिया, ७ असाेज– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका गृहजिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका छन् । धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै उनीहरू बिहीबारदेखि रिले अनशनमा बसेका हुन् ।

वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर अनशनमा बस्नु परेको डडेलधुरा कांग्रेसका उपसभापति करूणाकर भट्टले जानकारी दिए । ‘धाँधलीपूर्ण ढंगबाट बाँडिएको क्रियाशील सदस्यताको आधारमा सम्पन्न वडा अधिवेशनलाई मान्यता नदिन हामीले केन्द्रीय समिति र निर्वाचन समिति दुवैलाई लिखित जानकारी पठाएको छौं,’ भट्टले भने, ‘त्यहाँबाट कुनै जवाफ नआएपछि अनशन बस्ने निर्णयमा पुगेका हौं ।’

Navadurga sun

क्रियाशील विवाद टुंगो लगाउन, सम्पन्न भएको वडा अधिवेशनलाई मान्यता नदिन लगायतका माग अघि सारेर जिल्ला पार्टी कार्यालयमा आफूहरू अनशनमा बसेको उनले बताए । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यहरूको नाम काटेर पार्टी सभापति देउवाको निर्देशनमा केन्द्रबाट नाम थप गरिएको डडेलधुरा कांग्रेसका सभापति कर्ण मल्ल, उपसभापति भट्टलगायतका पदाधिकारीहरूले आरोप लगाएका छन् ।

क्रियाशील सदस्यता वितरणमा विवाद सिर्जना भएपछि विवाद नटुंगिएसम्म जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो। तर, निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्णयलाई अटेर गर्दै डडेलधुरामा भदौ २५ गते वडा अधिवेशन गरेको थियो । क्रियाशील सदस्यता विवाद नटुंग्याएर वडा अधिवेशन प्रक्रिया अगाडि बढाएको भन्दै जिल्ला सभापति, उपसभापतिलगायतका पदाधिकारीहरूले बहिष्कार गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...