पत्रकार पनेरुलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न गोदावरी पत्रकार मञ्चको माग

अत्तरिया, ६ असाेज– धनगढीको दिनेश एफएम तथा दिनेश खबरका सम्पादक नवराज पनेरुलाई समाचारको विषयलाई लिएर धम्की दिएको प्रती पत्रकार सम्बध बिभिन्न संघ संस्थाहरुले बिरोध जनाएका छन । पत्रकार सम्बध बिभिन्न संघ संस्थाहरुले एक प्रेस बिज्ञप्तयप्ती जारी यस घटनाप्रति गम्भिर ध्यानाकार्षण भएको भन्दै बिरोध जनाएका हुन ।

Dadeldhura hospital

यसै बिच गोदावरी पत्रकार मञ्च अत्तरियाले पनि उक्त घटनाप्रति आफ्नो गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । मञ्चले एक बिज्ञप्ती जारी गर्दै समाचारको बिषयलाई लिएर अश्लिल गाली गलौच गर्दै ज्यान मार्ने धम्की दिने बाजुराको बडिमालिका नगरपालिकाकी उपमेयर कविता बिष्टका श्रीमान विपिन बिष्टलाई तत्काल नियन्त्रणमा लिन कानुनी कार्वाहीको प्रकृया अगाडी बढाउन स्थानीय प्रहरी प्रशासन संग जोडदार माग गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

धनगढीको दिनेश एफएम तथा दिनेश खबरका सम्पादक नवराज पनेरुलाई समाचारको बिषयलाई लिएर बाजुराको बडिमालिका नगरपालिकाकी उपमेयर कविता बिष्टका श्रीमान विपिन बिष्टले अश्लिल गाली गलौच गर्दै ज्यान मार्ने धम्की दिएका छन् । यदि समाचारमा असहमती भए त्यसका लागि थुपै कानुनी कार्वाहीका बाटा हुदाँहुदै फोन मार्पmत गाली गलौज सहित ज्यान मार्ने धम्की दिएको घटनाप्रति गोदावरी पत्रकार मञ्च अत्तरियाको गम्भिर ध्याकार्षण भएको छ ।

यसरी पत्रकारलाई गाली गलौज गर्ने, ज्यान मार्ने धम्की दिने विपिन बिष्टलाई तत्काल नियन्त्रणमा लिन कानुनी कार्वाहीको प्रकृया अगाडी बढाउन स्थानीय प्रहरी प्रशासन संग जोडदार माग गदछौं । साथै पत्रकारसंग जोडिएका बिषयबस्तुमा बिमती भए गाली गलौज धम्की जस्ता अपराधिक क्रियाकलाप नगरी कानूनी बाटो अपनाउन पनि सम्बन्धित पक्षसंग आग्रह गर्दछौं मञ्चका अध्यक्ष हेमराज भट्टद्धारा हस्ताक्षित विज्ञप्तीमा भनिएको छ ।

Loading...