धनगढी- कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।



जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय अविशेक सिजापतिलाई २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन प्रहरीले पक्राउ गरेको हो । सिजापतिलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।


यसैगरी भजनी नगरपलिका–३ कुसमघाट स्थित सडकमा घोडाघोडी नगरपलिका–१ नारायणपुर बस्ने २२ वर्षीय लक्ष्मि प्रशाद साप्कोटा र २३ वर्षीय किरण जी.सी लागुऔषधसहित पक्राउ परेका छन् ।
यी दुबै जनाको साथबाट १ ग्राम ११० मिलीग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, से २ प ४०८५ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । बुधवार पक्राउ परेका यी तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





