




अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम समितिले सभापति रवि लामिछानेलाई न्यायिक निकायबाट सफाइ नपाएसम्म पार्टी जिम्मेवारीबाट अलग हुन सुझाव दिएको छ । समितिले ६ असोजमा बसेको बैठकका निष्कर्ष केन्द्रलाई पठाउँदै सभापतिले उदारता देखाउँदै वैकल्पिक नेतृत्वलाई ठाउँ दिने आग्रह गरेको हो ।






नख्खु कारागारबाट रवि बाहिरिँदा ४० लाख हस्ताक्षरकर्ताको भावना आहत भएको समितिको ठहर छ। समितिले कारागार प्रकरणमा अपरिपक्व निर्णय र गलत सल्लाहका कारण पार्टीको साखमा आघात पुगेको आरोप लगाएको छ।






पत्रमा सचिवालय पुनर्गठन, कारागार घटनामा संलग्न नेतामाथि छानबिन, संगठनात्मक सुधार र प्रदेश समितिलाई स्वायत्तता दिनुपर्ने माग समेत राखिएको छ। साथै, पूर्व सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा पार्टी नेतृत्वको कमजोरीको परिणाम भएको समितिको निष्कर्ष छ।

