कैलाली कारागारबाट भागेका २५ जना पक्राउ

धनगढी- जेनजी आन्दोलनका क्रममा मंगलबार प्रदर्शनकारीको सहयोगमा कैलाली कारागारबाट भागेका कैदीबन्दीमध्ये २५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विभिन्न स्थानबाट खटिएका प्रहरी टोलीहरूले बिहीबारसम्म २५ जना कैदीबन्दीलाई नियन्त्रणमा लिई पुनः कारागार पठाइसकेका छन्। पक्राउ परेकामध्ये ३ जना आफैं प्रहरी सम्पर्कमा आएका थिए। बाँकीलाई प्रहरीले खोजतलास गरेर पक्राउ गरेको हो।

Navadurga sun

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले “पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर कारागारमा पठाइएको छ” भनेका छन्।

यसैबीच, कैलाली कारागार प्रशासनले बाँकी फरार कैदीबन्दीलाई तुरुन्तै सम्पर्कमा आउन आग्रह गरेको छ। कारागार प्रशासक चिरञ्जीवी सापकोटाले जारी गरेको सूचनामा भनिएको छ–
“कारागार व्यवस्थापन विभागको २०८२ साल भदौ २६ गतेको निर्देशनअनुसार, २०८२ भदौ २४ गते कारागारबाट बाहिर निस्किएका कैदीबन्दीहरूले अविलम्ब कैलाली कारागार वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। अन्यथा कारागार ऐनअनुसार हुने कारबाहीका लागि उनीहरू स्वयं जिम्मेवार हुनेछन्।”

मंगलबार जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले कैलाली कारागारमा धावा बोलेर ६६६ जना कैदीबन्दीलाई भगाएका थिए। कारागारमा ६६७ जना कैदीबन्दी रहेकामा उपचाररत एक जना भने भाग्न नसकेका कारण बाँकी रहेका थिए।

हाल प्रहरीले बाँकी फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...