अत्तरिया बजारमा बिजुलीको पोलकाे तारमा आगलागी

अत्तरिया, ४ असाेज– कैलालीको अत्तरिया बजारमा आज दिउँसो बिजुलीको पोलकाे तारमा आगलागी भएको छ । अत्तरिया स्थित पहाड रोडमा रहेको बिजुलीको पोलमा एक्कासी आगलागी भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

पोलमा रहेका टेलिफोन तार र नेटको तारहरुमा दिउसो करिब साढे ३ बजेकाे समयमा आगलागी भएको प्रहरीले जनाएको छ । धेरै तारहरु एकै ठाउमा भएकाले आगलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

सुरक्षाकर्मी, गोदावरी नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको पहलमा आगो नियन्त्रणमा लिएको बताईएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक चन्दले बताए ।

Couple
Loading...