सेती अस्पतालको प्रयोशालामा सोमवार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
अत्तरिया, ४ असाेज- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बितेको २४ घण्टामा १६२ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै १२६ जनाको रिपोर्ट निगेटिभ आएको छ।
पछिल्लो २४ घण्टामा ५ जना संक्रमित निको भई घर फर्किएका छन्। हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।

बितेको २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङको शुर्मा ४ का ७७ बर्षिया पुरुष र शुर्मा २ का ४० बर्षिया पुरुष रहेको अस्पतालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
जारी सूचना:

