कैलाली कारागार घटनामा १७ जना डिस्जार्चपछि पनि अस्पतालमै

धनगढी- कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएका २९ जना कैदीबन्दीलाई अन्यत्रका कारागारमा स्थानान्तरण गरिएको छ। उपचारपछि डिस्चार्ज भएका कैदीबन्दीलाई उनीहरूको मागअनुसार विभिन्न जिल्लाका कारागारमा स्थानान्तरण गरिएको कैलाली कारागारले जनाएको छ।

Ganyapdhura gau

१९ जना कैदीबन्दी भने सेती प्रादेशिक अस्पतालमै छन्। उनीहरूमध्ये १७ जना उपचारपछि डिस्चार्ज भइसकेका कैदीबन्दी हुन् । घटनामा घाइते भएका दुईजना अझै उपचाररत छन् । उपचारपछि डडेल्धुरा र कञ्चनपुर कारागारमा ६–६ जना तथा काठमाडौंको जगन्नाथ देवल र बाँकेको नौबस्ता कारागारमा पाँच–पाँचजना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ।

Navadurga sun

बझाङ र डोटी कारागारमा तीन–तीनजना तथा नवलपरासी कारागारमा एकजना कैदीबन्दीलाई स्थानान्तरण गरिएको कैलाली कारागारका प्रमुखबाट सोमबार काज फिर्ता भएर गएका प्रकाश ढुंगानाले जानकारी दिए। ढुंगानाका अनुसार अन्य चारजना कैदीबन्दीले कारागार स्थानान्तरणका लागि निवेदन दिएका छन्।

कैलाली कारागारमा गत २३ साउनको मध्यराति भएको हिंसात्मक घटनामा एकजना कैदीबन्दीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। धनगढी उपमहानगरपालिका– ४, का कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो। सेती प्रादेशिक अस्पताल भर्ना गरिएका ४८ कैदीबन्दीमध्ये तीनजनालाई थप उपचारका लागि काठमाडौं लगिएको थियो।

Dadhaldhura pur

सेतीले दुईजनाबाहेक अन्य सबै कैदीबन्दीलाई उपचारपछि डिस्चार्ज गरेको छ, तर डिस्चार्ज भएका कुनै पनि कैदीबन्दीलाई कैलाली कारागार लगिएको छैन। उनीहरूलाई सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा राखिएको छ। उनीहरूको खानालगायतको व्यवस्थापन अस्पतालले गरिरहेको छ भने सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पहरा दिइरहेको छ ।कारागार लैजाँदा पुनः झडपको स्थिति आउन सक्ने आकलनसहित कारागार प्रशासनले घाइते कैदीबन्दीलाई अन्यत्रका कारागार स्थानान्तरण गरिरहेको हो।

कारागारभित्र रहेका कैदीबन्दीको दुई समूहबिच गत असारयता पटकपटक झडप भएको थियो। गत २३ साउनको मध्यराति ब्लक ‘ए’मा रहेका कैदीबन्दीको एक समूहले ब्लक ‘बी’मा रहेका कैदीबन्दीमाथि सुतेका वेला आक्रमण गरेका थिए ।

‘कारागारभित्रको माहोल अहिले शान्त छ। घाइते भएकाहरूलाई भित्र ल्याउँदा झडपका घटना दोहोरिन सक्छन्, त्यसैले उनीहरूलाई सकभर अन्यत्रै सार्न खोजिएको हो,’ कारागार स्रोतले भन्यो, ‘अस्पतालमा राखिएका कैदीबन्दीलाई पनि उनीहरूको पायक पर्ने ठाउँमा सरुवाका लागि निवेदन दिन भनिएको छ ।’ ब्लक ‘ए’ केही कैदीबन्दी छानबिनको दायरामा रहेका कारागार स्रोतले बतायो ।

घटना हुनुमा कारागारभित्रको आन्तरिक प्रशासनको नेतृत्व कसले लिने भन्ने विषयको विवाद मुख्य कारण रहेको घटनाको छानबिनका लागि गठन गरिएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। घटनापछि करिब ४२ घण्टासम्म कैदीबन्दीले बन्दीगृह आफ्नो नियन्त्रणमा राखेका थिए । बन्दीगृहको गेटमा ग्यास सिलिन्डर राख्दै उनीहरूले विस्फोट गराइदिने धम्की दिएर भित्र सुरक्षाकर्मीसहित कसैलाई पनि प्रवेश गर्न दिएका थिएनन्।

कारागार घटनामा सुरक्षा कमजोरी देखिएको भन्दै कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक बालनरसिंह राणाको सरुवा गरिएको छ। घटना कैलाली कारागार हुँदा निमित्तको भरमा थियो । कारागार व्यवस्था विभागले सोमबार चिरञ्जीवी सापकोटालाई कैलाली कारागार प्रमुखको रूपमा पठाएको छ । घटना भएदेखि हालसम्म कैलाली कारागार प्रमुखको रूपमा काजमा दुईजना फेरिएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...