कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ् सेन्टर क्षेत्रबाट तीन जना पक्राउ परेका हुन् ।

Dadeldhura hospital

भारतबाट नेपाल तर्फ आउर्दै गरेको युके ०३ सी ३८२ नम्बरको भारती मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१८ का ३० वर्षीय प्रदीप नाथ, ३१ वर्षीय पारश शाह र बेदकोट नगरपालिका–१०का २२ वर्षीय नितेश पनेरु पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

उनीहरूको साथबाट एक सय ५३ एम्फुल नियन्त्रणमा लिइएको छ । उनीहरूलाई मोटरसाइकल र लागूपदार्थसहित इलाका प्रहरी कार्यालय, गड्डा चौकी र कञ्चनपुर जिल्ला प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

Loading...