कार्यपालिका सदस्यको अपिलमा गौरीगंगा न.पा. को ताला पाचौं दिनमा खुल्यो

चौमाला,१ असोज– कैलाली, गौरीगंगा नगरपालिकामा सोमबार देखि लगाईएको तालाबन्दी पाचौँ दिन कार्यपालिका सदस्यहरुको अपिलमा खुलेको छ । गठबन्धनका दलहरुले नगरपालिकामा देखिएका अनियमितताको यथार्थ छानबिन गरी सार्वजनिक गर्न माग गर्दै नगरपालिकामा गरेको तालाबन्दीप्रति नगरप्रमुख भिम बहादुर देउवाले कुनै चासो नदेखाएपछि कार्यपालिका सदस्यहरुले उचित मागको सम्बोधन गर्ने प्रतिबद्धतासहित ताला खोल्न अपिल गरेपछि शुक्रबार ताला खुलेको हो ।

समस्या समाधानका लागि समिति बनाउने बिषयमा सहमति हुन नसक्दा लम्बीएको तालाबन्दीले सेवाग्राहीहरुलाई पर्ने प्रत्यक्ष असरलाई मध्यनजर गर्दै सदस्यहरुको अपिलमा ताला खोलिएको नेपाली काङ्ग्रेस नगर सभापति काशीराम शर्माले बताएका छन् ।

Navadurga sun

नगरप्रमुखको संरक्षणमा अनियमितता भ्रष्टाचार र बेथिति बढेको भन्दै पाँच राजनीतिक दलहरुले गरेको अनिश्चितकालीन तालाबन्दी शुक्रबार खुलेको हो । नगरपालिकामा आर्थिक बर्ष २०७६/०७७ र २०७७/०७८ को नदिजन्य पदार्थको आयव्यय, राजस्व, कृषि शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा र नगरपालिकाका गाडीको आयव्यय, बेरुजु रकम लगाएको बिषयमा कार्यपालिका सदस्यको संयोजकत्वमा पाँच राजनीतिक दलका जनप्रतिनिधि कार्यपालिका सदस्यको प्रतिनिधित्व हुनेगरी सात सदस्यीय छानविन समिति यहि असोज ६ गते बस्ने कार्यपालिका बैठकबाट कार्यान्वयनमा ल्याउने सहमतिमा तालाबन्दी खोलिएको कार्यपालिका सदस्य भक्त बहादुर विकले जानकारी दिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...