

कञ्चनपुर- सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन् ।



जिल्ला अदालत कञ्चनपुरको मिति २०८० असार १ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकि रहेको कृष्णपुर नगरपालिका–७ शान्तिपुर बस्ने ३६ वर्षीय रतन लोहार पक्राउ परेका हुन् ।


लोहारलाई इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।





