अत्तरिया- हिन्दू स्वयंसेवक सङ्घ नेपाल सुदूरपश्चिम संवाग कैलालीले शनिबार अत्तरियास्थित प्रतिभा पुस्तकालयमा “धर्मका लागि बाँचौँ, बाँचौं समाजका लागि” भन्ने नारासहित गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न गरेको छ ।
कार्यक्रमको सभाध्यक्षता समाजसेवी लोकेन्द्रबहादुर शाहले रहेको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम संवाग प्रमुख मङ्गलबहादुर सिंह रहेका थिए । त्यस्तै विशिष्ट अतिथि राष्ट्रिय सहकार्य वाहक प्रताप सिंह बुढा थिए । कार्यक्रमको सञ्चालन समाजसेवी भुवन भट्टले गरेका थिए ।

कार्यक्रमको उद्देश्य नेपाली चाडपर्व, संस्कार र संस्कृतिको संरक्षण, विद्यालय पाठ्यक्रममा नैतिक शिक्षाको व्यवस्था, युवाहरूको विदेश पलायन रोकथाम, तथा गैर–हिन्दू समुदायबाट हिन्दू धर्ममा थोपिएको धर्मान्तरण गतिविधिप्रति विरोध जनाउनु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले नेपाललाई हिन्दू राष्ट्रका रूपमा सुरक्षित राख्न सबै हिन्दुहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनले हिन्दु धर्म परापूर्वकालदेखि चलिआएको गौरवशाली धर्म भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताए । साथै, संघले व्यक्तिको चरित्र निर्माण र हिन्दू धर्मको संगठनका लागि निरन्तर क्रियाशील रहेको पनि स्पष्ट पारे ।
उनले भने, अहिले भारतका विभिन्न धर्महरू र क्रिश्चियन मुसलमान जस्ता धर्महरु आफ्नो देशको संस्कृति लाग्न समस्त हिन्दु धर्मावलम्बीहरूको पलायन गर्न लागेका छन् आफ्नो सनातन धर्म मान्नु गौरवको विषय हो । हिन्दू धर्मकै शाखाहरू पनि धेरै खुलिसकेका छन् ।
