अत्तरियाको किसान कृषि सहकारी संस्थाको छैठौ बार्षिक साधारण सभा सम्पन्न

संस्थाको शेयर पुँजी २ करोड १८ लाख ९० हजार २०० रुपैया

अत्तरिया, ३० भदौ- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको किसान कृषि सहकारी संस्था लिमिटेडको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष कृष्णा भाटको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका सहकारी प्रमुख दिब्यराज जोशी प्रमुख अतिथी रहेका थिए ।

उक्त संस्था २०७२ सालमा ३०० जनावाट सुरु भएको सहकारी संस्थामा अहिले १५ सय ५३ जना शेयर सदस्यहरु रहेका छन् । आर्थिक बर्ष २०७७/०७८ को आयब्यय प्रस्तुत गर्दै संस्थाकी प्रबन्धक सोना रोकायाले संस्थाको शेयर पुँजी २ करोड १८ लाख ९० हजार २०० रुपैया रहेको जानकारी दिएकी छन् ।

Navadurga sun

प्रबन्धक रोकायाले गत आर्थिक बर्षमा संस्थाले ३ लाख ६९ हजार नाफा कमाउन सफल भएको बताइन् । संस्थाले अहिले ३ करोड ९ लाख ३१ हजार ३ सय २९ रुपैया कर्जा लगानी गरेको छ । यस्तै संस्थाको जगेडा कोषमा २१ लाख ९६ हजार ४ सय ९८ रुपैया रहेको प्रबन्धक रोकायाले जानकारी दिइन् । संस्थाको बैंक तथा अन्य नगदमा १२ लाख ३६ हजार ५ सय ४५ रुपैया रहेको र ४ लाख ४५ हजार ९ सय ९८ रुपैया अन्य सम्पत्ति रहेको उनले बताइन् ।

संस्थाले अन्य ठाउँमा तिर्नुपर्ने ऋण ५१ लख ९५ हजार १ सय ६० रुपैया रहेको छ । संस्था स्थापना भएदेखी शहर देखी ग्रामिण क्षेत्रका शेयर सदस्यहरुलाई आधुनिक आर्गनिक कृषि ब्यबसायमा जोड दिएको प्रबन्धक रोकायाले जानकारी दिइन् । उनका अनुसार संस्थाले कृषि क्षेत्रमा ६ लाख ४३ हजार बढी रकम लगानी गरेको छ ।

संस्थाले उद्दमी शेयर सदस्यहरुको आर्थिक स्थित उकास्नका लागि २६ थान अटो रिक्सा, २ थान चम्फा टेक्टर र १ जनालाई १ थान हाते चम्फा टेक्टर प्रदान गरेको छ । किसान कृषि सहकारी संस्था मुनाफा आर्जन गर्नका लागि नभई संस्थाका शेयर सदस्यहरुलाई कृषि क्षेत्र तर्फ आकर्षित हामीले खाने हरेक कुराहरुलाइै विषादीमुक्त बनाई आर्थिक अबस्था सुधारमा जोड दिइरहेको र आफुहरुले स्वास्थ्यलाई पहिलो जोड दिदै सबै किसानहरु स्वास्थ, सम्बृद्धि र खुसीको कामना गर्दै अगाडी बढिरहेको प्रबन्धक रोकायाले बताइन् ।

उक्त सहकारी संस्थाले गोदावरी नगरपालिका भित्रका १० वटा वडामा आफ्ना सेवा प्रदान गर्दै आएकोमा चालु आर्थिक बर्षदेखी बाँकी दुई वटा वडामा पनि सेवा प्रदान गरिने प्रबन्धक रोकायाले जानकारी दिइन् ।

उक्त कार्यक्रममा डोटीको शिखर नगरपालिकाका सहकारी प्रमुख डिल बहादुर महरा, ईप्रका मालाखेतीका प्रहरी निरिक्षक उमेश चन्द, सल्लाहकारी समितिका संयोजक मिनराज जोशी, संचालक समितका पदाधिकारीहरु, लेखा समितका पदाधिकारीहरु लगाएत बिभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

संस्थाकी उपाध्यक्ष उर्मिला बोगटीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन सचिब मदन शर्माले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...