नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा सोडारी

धनगढी, २९ भदाै– नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारीलाई चयन गरिएको छ। सुदूरपश्चिम प्रदेश सभाको सबै भन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीको आज बसेको बैठकले दीर्घ सोडारीलाई दलको नेता चयन गरेको हो।

बैठकले सोडारीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । एमालेबाट बिभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीमा सुदूर पश्चिम प्रदेश सभामा १४ जना सांसद छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...