कञ्चनपुरको कृष्णपुरमा निःशुल्क शववाहन सेवा

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क शववाहन सेवा सुरु गरेको छ । नगरपालिकाको आफ्नै पहलमा सञ्चालनमा ल्याइएको उक्त सेवा साउन १ गते भोलीदेखि औपचारिक रूपमा लागू गर्ने भएको हो ।

नगरपालिकाको प्रांगणमा शववाहनको पूजा नगर उपप्रमुख द्रोपती रानाले बिहीबार सम्पन्न गरिन्। अबदेखि नगर क्षेत्रभित्र मृत्यु भएका व्यक्तिहरूको शव अन्तिम संस्कारका लागि सहज रूपमा नि:शुल्क रुपमा गर्न सकिने भएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

नगर प्रमुख हेमराज ओझाले शववाहन सेवा सञ्चालन हुनु नगरबासीका लागि ठूलो राहत भएको बताउँदै भने, “हामी नगरवासीको शुख–दुःखमा साथ दिन प्रतिबद्ध छौं । यो सेवा आर्थिक अभावमा परेका परिवारका लागि उपयोगी बन्ने छ ।”

नगर उपप्रमुख द्रोपती रानाले शववाहन पूजा कार्यक्रममा बोल्दै भनिन्, “नगरपालिकाले सामाजिक न्याय र मानविय संवेदनालाई प्राथमिकतामा राखेर यो सेवा सञ्चालनमा ल्याएको हो । अब नगरवासीलाई शव ढुवानीका लागि बाहिरबाट सवारी खोज्नुपर्ने झन्झट हटेको छ ।” नगरपालिकाले चालक प्रेम जोशीलाई जिम्मेवारी दिएको छ ।

शववाहन सेवा सञ्चालनसँगै नगरपालिकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्थानीय नागरिकको विश्वास जित्न सक्ने अपेक्षा गरिएको छ ।

Loading...