धनगढी उपमहानगरपालिकाले खोप लाउन अनलाइन दर्ता अनिवार्य





धनगढी, २९ भदौ- आफ्ना नागरिकहरुलाई कार्तिक मसान्तसम्ममा पुर्ण खोप लाउने अभियान अन्तर्गत धनगढी उपमहानगरपालिकाले खोप लाउन अनलाइन दर्ता अनिवार्य गरेको छ ।



उपमहानगरपालिकाको सोमबार बसेको बैठकले धनगढी उपमहानगरपालिका भित्रका करिब डेडलाख मध्ये खोप लाउने उमेर समुहका एकलाख जनसंख्यालाई कार्तिक मसान्तसम्ममा पुर्ण खोप लाउने नगर प्रमुख नृप बहादुर वडले बताए ।


उपमहानगरपालिकाका १९ वटै वडाका खोप लाउने उमेर समुहलाई अनलाइन दर्ता गर्न मेयर वडले आग्रह गरे । उनले अनलाइन दर्ता नगरे खोप लाउन नपाउने भन्दै दर्ता गर्न नसक्नेका लागि समेत वडा कार्यालयमा सम्पर्क राखेर दर्ता गर्न आग्रह गरे ।



