अपाङ्गता भएका बालबालिकाको क्षमता विकासका लागि दुई दिने तालिम सम्पन्न

प्रकाशबहादुर बोहरा

अत्तरिया, २८ भदौ- कैलालीको अत्तरियामा रहेको अपांगता भएका बालबालिकाहरुको समुदायमा आधारिता समावेशी शिक्षामा सहज पहुँच होस भन्ने हेतुले क्षमता विकास सम्वन्धी तालिम सम्पन्न भएको छ । अन्तरराष्ट्रिय संस्था एटोसको सहयोगमा पुर्नस्थापना र विकाशका लागी स्रोत केन्द्र (आरसिआरडि) भक्तपुरको आयोजनामा उक्त २ दिने तालिम संचालन गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

समुदायमा आधारित समावेशी शिक्षा नीति तथा कार्यक्रमहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बिषयमा गोदावरी नगरपालिकाका जनप्रतिनिधि सहित नगर शिक्षा समित, अपाङ्गता समन्व्य समिती, स्वास्थ्य शाखा, महिला शाखा र लेखाजोखा संयोजकहरुलाई २ दिनको क्षमता विकासका लागि तालिम दिइएको पुर्नस्थापना र विकाशका लागी स्रोत केन्द्र (आरसिआरडि) एक्सपोर्ट तथा एनएफडिएनका निवर्तमान अध्यक्ष सुर्दशन सुवेदीले जानकारी दिए ।

Dadeldhura hospital

अध्यक्ष सुवेदीले अपाङ्गता भएका बालबालिकालाई परिवारवाटै कसरी बिद्यालयसम्म पुर्याउन सकिन्छ र घरपरिवारमै रहेर पनि कसरी शिक्षा दिन सकिन्छ भन्ने बिषयमा आफुहरुले अध्ययन गरिहेको र यही अध्ययन अनुसार गोदावरी नगरपालिका भित्र शिक्षा संग संम्बधिन्त संघसंस्था र ब्यक्तिहरुसंग छलफल समेत गरिएको बताए ।

यस कार्यक्रमको उद्देश्य भनेको बिद्यालयको पहुच भन्दा बाहिर रहेको सबै बालबालिकाहरुलाई कसरी बिद्यालयको पहुँच सम्म पुर्याउन सकिन्छ र सबैको समावेशीताका लागि सम्बन्धित पक्षले कस्तो किसिमको नितिनियम तथा कार्यक्रमहरु ल्याउनुपर्छ, भौतिक वातावरण कस्तो हुनुपर्छ, पाठ्यक्रमहरु कस्तो ल्याउदाँ अझै सहज हुन्छ भन्ने लगायतका बिषयमा तालिममा जानकारी गराइएको अध्यक्ष सुवेदीले बताए ।

अन्य क्षेत्र भन्दा अपागंताको क्षेत्र केही जटिल भएकाले यस्तो छलफल तथा तालिमले सम्बन्धित पक्षलाई राम्रो सन्देश जाने र अपांगता भएका बालबालिकाको संरक्षण नीति तथा विद्यालय तहमा उचित व्यवस्थापन हुने उनले विश्वास ब्यक्त गरे । उक्त दुई दिने कार्यक्रमको उद्घाटन सत्रमा गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउँदको सभाध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख रत्ना कडायत, वडा नं ३ का अध्यक्ष मोहन खत्री, शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्री, आरसिआरडिका निर्देशक सुर्यभक्त प्रजापति, आरसिआरडिका फिल्ड कोडिनेटर शुरेश प्रधान, नगर स्तरीय अपांगता कार्य संजालका अध्यक्ष पुष्पा रोकाया, सूदुरपश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरका उप प्राध्यापक डा. यज्ञराज पाण्डेय, उप प्राध्यापक पृत वहादुर विष्ट, दुर्गालक्ष्मी नमुना मा वि अत्तरियाका प्रधानाध्यापक शिवराज जोशी, सुप समावेशी आधारभूत विद्यालयकी प्रअ देवी साउद लगायतको सहभागी रहेका थिए ।

उक्त क्षमता बिकास तालिम आइतबार र सोमबार गरी दुई दिन सचालन गरिएको थियो भने यस अधि नै शुक्रबार र शनिबार दुई दिने शिक्षक, शिक्षिका, अभिभावक, विद्यालय व्यवस्थापन समितिलाई राखेर तालीम दिईएको थियो । औपचारिक कार्यक्रमको संचालन राष्ट्रिय अपाङ्ग महासंघका पूर्व केन्द्रिय सदस्य मान बहादुर साउँदले गरेका थिए ।

Loading...