राष्ट्रिय युवा संघ नेपालले गोदावरीको वडा नं.११ र १२ मा वडा स्तरिय भेला सम्पन्न

वडा नं.११ मा बिष्ट र वडा नं. १२ मा नेपाली अध्यक्षमा चयन

अत्तरिया, २६ भदौ- नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सांगठानिक रुपमा आज देखि वडा स्तरिय भेला संचालन गरेकोे छ। गोदावरी नगरपालिका वडा नं.११ र १२ मा वडा स्तरिय भेला सम्पन्न गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालका गोदावरी नगर कमिटी संयोजक खडक वि.क.को सभाध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अथिती नेकपा एमाले प्रदेश कमिटी सदस्य मान बहादुर रावल गरेका थिए ।

Navadurga sun

त्यसैगरी अथितिमा प्रदेश कमिटी सदस्य भान सिह बि.क, गोदावरी नगर कमिटी सचिव आनन्द भट्ट, युवा संघका कैलाली अध्यक्ष गणेश महरा, पार्टीका जिल्ला सहल्लाकार सदस्य चन्द्र नेपाली लगायतको उपस्थिति रहेको थियो ।

उक्त भेलाले दुवै वडामा २१/२१ जनाको वडा स्तरिय कमिटि गठन गरेको छ । वडा नं. ११ को वडा अध्यक्षमा कमल बिष्ट, उपाध्यक्ष प्रतीक्षा सुनार, सचिव केशब साउद सह-सचीब लक्ष्मण कडायत र कोषाध्यक्षमा दिनेश कोली सहित २१ सदस्य वडास्तरिय कमिटी गठन गरिएको छ ।

त्यसैगरी वडा नं.१२ को वडा अध्यक्षमा श्याम बहादुर नेपाली, उपाध्यक्षमा योगेन्द्र सिंह साउद, सचिवमा भरत सिंह कामी, सह-सचिबमा अर्जुन दमाई र कोषाध्यक्षमा उर्मिला कु बि.क गरी २१ सदस्यीय वडा कमिटी गठन गरिएको नगर संयोजक खडक बि.क.ले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...