कैलालीमा ट्रामाडोलसहित युवक पक्राउ

धनगढी । कैलालीको लम्कीचुहाबाट ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–४ चौरीपुरबाट लम्कीचुहा नगरपालिका–६ चैनपुर बस्ने २२ वर्षीय निर्मल कटेललाइ ट्रामाडोलसहित प्रहरीले पक्राउ गरेको हो।

कटेललाइ १०६ थान प्रतिवन्धित लागूऔषध ट्रामाडोल क्याप्सुलसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...