समुदायमा आधारित शिक्षा सम्बन्धी दुई दिने तालीम अत्तरियामा सम्पन्न

भोली देखि २ दिने तालिम नगर शिक्षा समिति लगायतलाई दिइने

प्रकाशबहादुर बोहरा
अत्तरिया, २६ भदौ- कैलालीको स्थायी राजधानी गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी आधारभुत विद्यालयमा शिक्षक, शिक्षिकाहरु तथा कर्मचारीहरुका लागी अपांगता भएका बालबालिका समुदायमा आधारिता समावेशी शिक्षा सम्वन्धी अनुशिक्षण कार्यशाला अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्तरराष्ट्रिय संस्था एटोसको सहयोगमा पुर्नस्थापना र विकाशका लागी स्रोत केन्द्र (आरसिआरडि) भक्तपुरले शुक्रबार र शनिबार गरी २ दिनसम्म संचालत गरिएको तालिमको समापन गरिएको हो ।

Navadurga sun

त्यस्तै आज दोश्रो दिन पहिलो दिन भए गरेका तालिमको पुनरावलोकन गरिनुका साथै समुदायमा आधारित समावेशी शिक्षा नीति तथा कार्यक्रमहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा शिक्षक, शिक्षिका, अभिभावक, विद्यालय व्यवस्थापन समितिहरुसँग अन्तरक्रिया समेत गरिएको थियो ।

त्यसैगरी उक्त संस्थाले अपांगता भएका बालबालिकाको संरक्षण नीति तथा विद्यालय तहमा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुराहरुको बारेमा प्रशिक्षण समेत गराएको थियो । अपांगता भएका विद्यार्थीहरुको बिद्यालय पहुँच, विद्यालयमा पहुँचयोग्य वातावरण तथा सहायक सामग्री व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराइएको थियो ।

त्यसैगरी विविध अपांगता भएका व्यक्तिहरुको समावेशी शिक्षण शिकाईका विद्यमान विभिन्न कठिनाइहरु के के रहेका छन् र त्यसको समाधानका पक्षहरु के-के हुन सक्छ भन्ने पक्षमा समेत प्रशिक्षण कार्य गरिनुका साथै त्यस बिषयमा अन्तरक्रिया मार्फत समाधान गर्ने प्रयास समेत गरिएको थियो ।

त्यस्तै पुनस्थापना विकासको लागि श्रोत केन्द्र नेपाल (आरसीआरडी) काठमाडौंका निर्देशक तथा अपाङ्गता र समावेशी शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका सुर्यभक्त प्रजापतीले २ दिन शुक्रबार र शनिबार शिक्षक, शिक्षिका, अभिभावक, विद्यालय व्यवस्थापन समितिलाई राखेर तालीम दिईएको थियो भने भोली देखि २ दिने तालिम नगर शिक्षा समिति, समन्वय समितिका अपाङ्ग सदस्यहरु, महिला शाखा, स्वास्थ्य शाखा र लेखाजोखा संयोजक गरी २० जनालाई दिइने भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...