सुदूरपश्चिमका ७ सय ४४ वडामध्ये ५ सय ३५ वडामा अधिवेशन सकियो

अत्तरिया, २६ भदौ- सुदूरपश्चिम प्रदेशको ७ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सकिएको छ। प्रदेशको कैलाली र बाजुराबाहेकको जिल्लामा वडा अधिवेशन सकिएको हो। प्रदेशका ९ जिल्लाका ७ सय ४४ वडामध्ये ५ सय ३५ वडामा अधिवेशन सम्पन्न भएको हो।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा विरोधका बीच ४८ वडामा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडामध्ये ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ।

Navadurga sun

‘३८ वडामा सर्वसम्मति र १० वडामा निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ,’ निर्वाचन अधिकृत बमले भने, ‘अजयमेरु गाउँपालिकाको वडा नम्बर ३, अमरगढी नगरपालिकाको वडा नम्बर ८, नवदुर्गा गाउँपालिकाको वडा नम्बर १ मा अधिवेशन हुन बाँकी छ।’ उनका अनुसार गन्यापधुरा गाउँपालिकाको वडा नम्बर २ मा सभापति चयन भएको छ भने बाँकीमा शनिबार हुनेछ। डडेल्धुरा जिल्लाका सभापति कर्ण मल्लको समूहले बहिष्कार गरे पनि अधिवेशन गरिएको हो।

विभिन्न जिल्लाका निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार कञ्चनपुरका ९२, अछामका ९१, बैतडीका ८४, दार्चुलाका ६१, डोटीका ६५ र बझाङका ९४ वडामा अधिवेशन सकिएको छ। कैलालीको निर्वाचन क्षेत्र १, २ र ४ मा क्रियाशील सदस्यको विवादका कारण वडा अधिवेशन अनिश्चित बनेको छ । जिल्ला उपसभापति प्रकाश बमले भने, विवाद समाधानका लागि केन्द्रमा छलफल भइरहेको छ। तर, अहिलेसम्म टुङ्गो नलाग्दा अधिवेशन अनिश्चित भएको छ। १३ वटा स्थानीय तह रहेको कैलालीमा १ सय २६ वडा रहेका छन्। देउवा पत्नी आरजु राणा देउवाको निर्वाचन क्षेत्र नम्बर ५ हो । गएको प्रतिनिधि सभाको निर्वाचनमा उनी क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिए पनि पराजित भएकी थिइन्।

उता, बाजुरामा पनि केन्द्रबाट क्रियाशील सदस्यता थपेको बन्दै विवाद छ। जिल्ला सभापति कविराज पण्डितले भने, ‘एकरदुई दिनमा क्रियाशील सदस्यको नामावली प्रकाशन हुने सूचना प्राप्त भएको छ।’ नामावली प्रकाशन भएपछि वडा अधिवेशनको मिति तय हुने उनले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...