यातायात कार्यालय कैलालीको सूचना, परीक्षा असोज २ गते हुने (सूचना सहित)





अत्तरिया, २४ भदौ- यातायात कार्यालय धनगढी कैलालीले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा गर्ने भएको छ । यातायात कार्यालयले आउँदो असोज २ गते बिहान ७ बजे देखि २ बजे सम्म त्रिभुवन उच्च माध्यमिक विद्यालय बोराडाँडी धनगढी कैलालीमा परीक्षा संचालन गर्ने भएको छ ।


कोभिड-१९ भाइरसको कारण लामो समयदेखि स्थगित हुँदै आएको वर्ग A, K, B र C,H,I र J (मोटरसाईकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो र अटोरिक्सा, हेभी इक्वीप्मेन्ट) को परिक्षा लिने भएको छ ।



त्यसैगरी नयाँ वर्ग E र D बाट A, K, B, C, H, I र J (मोटरसाईकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो र अटोरिक्सा, हेभी इक्वीप्मेन्ट) वर्ग थपको लागि २०७७ चैत २२ गते देखि २०७८ असोज १ गतेसम्म अनलाईन फाराम भरी Biometric गरी परीक्षा दस्तुर बुझाउनु हुने परीक्षार्थीहरुको लिखित परीक्षा उक्त मितिमा नै हुने छ ।
त्यसैगरी यातायात व्यवस्था विभागले तयार पारेको नयाँ मोडेल अनुसार नै लिखित परीक्षा सञ्चालन हुने यातायात कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
सूचना




