अटो चालकको उपचारका क्रममा मृत्यु

जुम्ला । जुम्लामा अटो दुर्घटनामा परि चालकको मृत्यु भएको छ। मृतक जुम्लाको तातोपानी गाउँपालिका-७ सर्मी गाउँका अन्दाजी ४४ वर्षका रणबहादुर कुँवर हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीका अनुसार अटो दुर्घटना शुक्रबार राति ११ बजे भएको हो। क१ह ३१ नम्बरको अटो जुम्लाको तिला गाउँपालिका-४ भोटचौरमा दुर्घटना परेको प्रहरीले जनाएको छ।

Navadurga sun

तातोपानी-१ राकाँ गाउँबाट तातोपानी-७ सर्मी गाउँ धान लिएर जाने क्रममा अटो दुर्घटना भएको थियो। लगत्तै घाइते भएका चालक कुँवरलाई प्रहरी चौकी कुडारीका प्रहरी हवल्दार बैजु महत्तोको नेतृत्वले उद्धार गरी जुम्ला प्रतिष्ठान पुर्‍याएको थियो।

घाइते चालक रणबहादुरको उपचारका क्रममा शनिबार बिहान ५ बजे ४० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। अटो सडकबाट करिब ६० मिटर तल खसेको थियो। शव प्रतिष्ठानको शव गृहमा राखिएको रसाइलीले बताए।

उनले भने, ुअटो के कारणले दुर्घटना भएको हो भन्ने कुरा यकिन जानकारी भएको छैन। अनुसन्धानपछि मात्रै भन्न सकिने छ।ु अहिले घटनास्थल तिर जाँदै गरेको उनले बताए।

 

ADD Khali jpg
Loading...