ओलानी जोखिममा रहेकोले तत्काल रोकथामको काम अगाडी बढाइने : नगरप्रमुख साउँद

अत्तरिया, २३ भदौ- कैलालीको गोदावरी नगरपालिका वडा नं. ११ र १२ ओलानीमा बाढी र पहिरोले क्षति पुर्‍याएकोे स्थानको अनुगमन गरिएको छ ।

केही दिन पहिले निरन्तरको बर्षापछि आएको बाढी र पहिरोले ओलानीका बिभिन्न स्थानमा पुर्‍याएकोे क्षतिबारे गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँद सहित गोदावरी १२ का वडा अध्यक्ष भिम बहादुर खड्का, वडा सदस्य बली साउँद, समाजसेवी गणेश साउँद जीमी सहितको टोलीले अनुगमन गरेका हुन् ।

Navadurga sun

त्यसैगरी टुडेला खोलामा रहेको झोलुङ्गे पुल, बाहुनकाडा बस्ती कटान, गोदडा बस्ती कटान, कोलमुडा बड्डी कुलो, सोटेस कुलो, चौकिगडा कुलो, बादि बस्ति कटान, गोपाल डागि घर नजिक पहिरो, खत्री टोल नजिक पहिरो, हलौडे खहरे खोलाले बगाएको खेत, घर कुलो, खानेपनीको स्थलगत अनुगमन समेत गरिएको थियो ।

अनुगमनका क्रममा धेरै ठाउँमा क्षति पुर्याएको र यसको रोकथाम गर्न नसके भबिष्यमा ओलानी जोखिममा पर्ने देखिएकाले तत्काल प्राविधिक पठाएर रोकथामको आवश्यक कामको थालनी अगाडी बढाइने नगरप्रमुख साउँदले बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...