धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ

धनगढी । धनगढीको जाखोरतालबाट २ जना लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ जाखोरतालबाट २३ वर्षीय छितिज सिंह र २६ वर्षीय पंकज शाही पक्राउ परेका हुन्।

जिल्ला प्रहरी, कार्यालय कैलालीको टोलीले शुक्रवार राति धनगढी उपमहानगरपालिका–५ का सिंह र गोदावरी नगरपालिका–३ का शाहीलाई एक सय ८० मिलिग्राम लागुऔषधसहित पक्राउ परेको हो।

Navadurga sun

उनीहरूको साथबाट १५ ट्याब्लेट स्पाससमेत फेला परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखिएको छ। उनीहरूको विषयमा प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...