सुदूरपश्चिम समावेशी विद्यालय अत्तरियालाई खाद्यान्न र आर्थिक सहयोग





अत्तरिया, २२ भदौ- सुदूरपश्चिमको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा अवस्थीत सुदूरपश्चिम समावेशी आधारभुत विद्यालय अत्तरियालाई मंगलबार खाद्यान्न र आर्थिक सहयोग गरिएको छ । ईसाई समाज गोदावरीले उक्त समावेशी आधारभुत विद्यालयमा आवासिय रुपमा अध्ययनरत बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेको हो ।



खाद्यान्न अन्तर्गत ५ कट्टा चामल, १ बोरा आलु, १० किलो दाल, ५ किलो नुन र ३ लिटर तेल गरी नगद १० हजार बराबरको सामान एक अनौपचारिक कार्यक्रमका विच बिद्यालयलाई हस्तान्तरण गरिएको ईसाई समाज गोदावरीका अध्यक्ष डेविट कैनी, कोषाध्यक्ष राम बहादुर थापा, सह-सचिव डम्मर ताम्राकार, सल्लाहकार पिटर रसाइलीको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको बिद्यालयका संस्थापक अध्यक्ष तथा फाउन्डेसनका परिकल्पनाकार मान बहादुर साउदले जानकारी दिनु भयो । साथै उक्त सहयोग कार्यमा सहकार्य गर्नुहुने अनिल मल्ललाई विद्यालयले धन्यवाद समेत व्यक्त गरेको छ ।


त्यसैगरी बिद्यालयका पूर्व अध्यक्ष स्वर्गीय मनि साउदको बार्षिक पुण्य तिथीको अवसर पारी उनकी धर्म पत्नी देवा देवी साउदले मंगलबार बिद्यालयको अक्षयकोषमा नगद २० हजार ५ सय रकम जम्मा गरि अक्षयकोष संचालनमा सहयोग पुग्ने हेतुले आफुले रकम जम्मा गरेको बताइन। उक्त रकम विद्यालयको अक्षयकोषमा जम्मा गरिएकोमा विद्यालयले हार्दिक धन्यवाद व्यक्त समेत गरेको छ ।



