

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ लागि शंकास्पद् पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्चका अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेको हो । पक्राउ परेका विष्टलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ । उनले पठाएको पत्र शंकास्पद् देखिएपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

