सर्वोच्चको आदेश : कक्षा १२ को परीक्षा अब नसार्नू

काठमाडौं- सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको छ ।

अधिवक्ताद्वय श्रवण कुमार चौधरी र  र माधवराज शर्मा पोख्रेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको हो ।

Navadurga sun

‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिंदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने’ आदेशमा भनिएको छ ।

शिक्षकहरूको आन्दोलनका कारण ११ वैशाख देखि तोकिएको कक्षा १२ को परीक्षा २१ वैशाखलाई सारिएको छ । अदालतले अब फेरि परीक्षा नसार्न आदेश दिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...