घटाल बाबाको जाँत सम्पन्न

डडेल्धुरा- देवताका धामी कापेर बालुवा खाने घटाल बाबाको जाँत (मेला) सम्पन्न भएको छ । प्रत्येक वर्ष वैशाख २ गते हुने प्रशिद्ध एवं शक्तिशाली मानिने घटाल बाबाको विशुजाँत (मेला) मङ्गलबार सम्पन्न भएको हो ।

Ganyapdhura gau

भीम र हिडम्बाका पुत्र घतोत्कचको विधिवत रूपमा पूजाआजा हुने घटालथानमा जाँत हुने गरेको छ । अमरगढी नगरपालिका ३ डोटी खोलामा रहेको घटालथानमा पूजाआजा पछि घटाल बाबाका धामी कापेर बालुवा खाने गर्छन् । घटाल बाबा एवं घटोत्कचको शक्ति प्रदर्शनका रूपमा देवताका धामीले बालुवा खाने गरेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण बोहराले बताए ।

Navadurga sun
Godawari sandesh

उहाँका अनुसार घटालको देउवा (आभूषण सहितको डोली, शङ्ख, घण्टा, नेजाध्यजा) महाकाली नदीको परशुराम धाममा स्नान गरिन्छ । पहिले घटालका धामिले सात सुप्पा (करिब डेढ कुन्टल) बालुवा खाने भएकाले एक स्थानमा सात सुप्पे भन्ने स्थान नै नामाकरण गरिएको उनले बताए । हालभने देवताका धामी कापेर थोरै भएपनि बालुवा खाने गरेको देख्न सकिने उनले जानकारी दिए ।

Dadeldhura hospital

किंवदन्ती अनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।

पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । विशु जाँतको एक दिनअघि चम्सालमा रहेको देउघरबाट देउताको देउरो घटालस्थान पुर्‍याइने वडा नं. ३ का वडाध्यक्ष तिर्थ ऐरले बताए । विशु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरू पनि एक दिनका लागि भए पनि घर फर्कने गरेको उनले बताए ।

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठुलो पराक्रम प्रदर्शन गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाईन्छ । घटोत्कचले कौरव सेना माथि धावा बोलेर ठुलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

लडाइ मैदानमै वीरगति प्राप्त गर्नुभएका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ। सदियौँ देखि त्यहि मान्यता अनुरूप घटाल बाबालाई यस क्षेत्रका बासिन्दाले ठुलो धार्मिक आस्था र सम्मानका साथ धार्मिक परम्परा अनुसार पूजाआजा गरी जाँत मनाउने चलन छ ।

Couple
Loading...